Comments Add Comment

कोरोना संक्रमणबाट डीएसपी केसीको निधन

काठमाडौं, ६ जेठ । कोरोना भाइरसको संक्रमणबाट अग्रपंक्तिमा खटिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसीको निधन भएको छ ।

महानगरी प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी केसीको नेपाल प्रहरी अस्पतालमा उपचारका गएराति निधन भएको हो ।

कोरोना महामारीमा उनी अग्रपंक्तिमा खटिएका प्रहरी अधिकृतमध्येका हुन् ।

कोरोना संक्रमण देखिएपछि डीएसपी केसीलाई केही दिनअगाडि नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै