Comments Add Comment

विपक्षी गठबन्धनको बैठक तीन बजे फेरि बस्ने

काठमाडौं, ७ जेठ । विपक्षी गठबन्धनको बैठक शुक्रबार अपराह्न तीन बजे फेरि बस्ने भएको छ ।

बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा भेला भएर छलफल गरेका दलहरु दिउँसो तीन बजे फेरि बैठक बस्न लागेका हुन् ।

देउवा निवासमा बसेको बैठकमा सरकारको विकल्पबारे छलफल भएको एक नेताले बताएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिई नयाँ सरकार गठनको लागि आह्वान गर्नु असंवैधानिक भएको र नयाँ सरकारको विकल्प खोज्ने निर्णय गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै