Comments Add Comment

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं, ८ जेठ । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ३५७ जनाको पिसिआर र ७४८ जनाको एन्टीजेन प्रविधिबाट परिक्षण गर्दा थप ८ हजार ९८० जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर १ लाख १५ हजार ८०६ जना सक्रिय संक्रमित छन । आज ८ हजार ८४८ जना संक्रमणमुक्त भएका छन ।

पछिल्लो २४ घण्टामा थप १२९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएका छन । यो संगै मृत्यु हुनेको संख्या ६ हजार १५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ हजार १०४, प्रदेश २ मा ५७४, बागमती प्रदेशमा ३ हजार ८७३, गण्डकीमा ३६९, लुम्बिनीमा १ हजार ३२, कर्णालीमा ६१६ र सुदूरपश्चिम प्रदेशमा १ हजार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कैलालीमा ६६१, काभ्रेमा ५२५, सुर्खेतमा ३५३, झापामा ३४४, मोरङमा ३२५, रुपन्देहीमा २५५ तथा मकवानपुर १८७ जना संक्रमित थपिएका छन् ।

यस्तै बाँकेमा १७९, धादिङमा १७३, कास्कीमा १६६, सिन्धुपाल्चोकमा १६५, बारामा १६२, सुनसरीमा १६०, चितवनमा १५५, कञ्चनपुरमा १४८, नुवाकोटमा १४२, सल्यानमा १४०, सप्तरीमा ११२, दाङमा १०९, पाल्पामा १०७, धनुषामा १०२ र सिन्धुलीमा १०१ जनामा संक्रमण देखिएको छ ।

अछाममा ८६, गुल्मीमा ८४, रोल्पामा ८१, रामेछापमा ८३, नवलपरासी पश्चिममा ७८, पर्सामा ७७, दैलेखमा ७२, तनुहँमा ५९, गोरखामा ५६, संखुवासभामा ५५ तथा दार्चुलामा ५४, कपिलवस्तु र बर्दियामा ५२र५२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै