Comments Add Comment

सुनको मुल्य बढ्यो, चाँदी घट्यो

काठमाडौं, ९ जेठ । आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन चोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै