Comments Add Comment

देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, ९ जेठ । विपक्षी राजनीतिक दलहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएका छन्।

आइतबार दिउँसो सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा कानुन व्यवसायीहरूसँग छलफल गरेपछि विपक्षी दलहरू यो निर्णयमा पुगेका हुन्।

‘देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गर्ने गरी रिट दर्ता गर्ने तयारी छ,’ स्रोतले भन्यो, ‘गत शुक्रबार संविधानको धारा ७६ (५) अनुसार १४९ सांसदको हस्ताक्षर देउवाका पक्षमा राष्ट्रपतिलाई बुझाइसकिएको थियो।’

आजै बहुमत (१३६) जनाभन्दा बढी सांसदको हस्ताक्षरसहित अदालतमा परमादेशका लागि जाने तयारीमा कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपालगायत दलहरू छन्।

परमादेशका लागि डाफ्ट तयार भइसकेको छ। कांग्रेस नेता रमेश लेखक, राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारी, माओवादी नेता देव गुरूङ र जसपा अध्यक्ष उपेन्द्र यादवले परमादेश ड्राफ्ट गरेका हुन्।

अहिले सांसदहरूको हस्ताक्षर संकलन गर्ने काम भइरहेको छ।

उनीहरूले परमादेशमा अदालतबाटै प्रतिनिधि सभा बैठक तोक्न मागसमेत गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन सिफारिस र राष्ट्रपतिले अनुमोदन गर्नु असंवैधानिक भएको लेखकले बताएका छन।

‘अवैधानिक प्रधानमन्त्रीले गरेको विघटन स्वत: असंवैधानिक हो,’ उनले भने। गत शुक्रबार १४९ जनाको हस्ताक्षर लिएर देउवा राष्ट्रपति निवास पुगेको तर प्रधानमन्त्री ‌ओली ३ जनाको हस्ताक्षर लिएको गएको लेखकले बताएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै