Comments Add Comment

हस्ताक्षर गरेका १४९ मा अझै केही सांसद थपिनुभएको छ : प्रचण्ड

काठमाडौं, ९ जेठ । प्रतिनिधि सभा विघटनविरूद्ध विपक्षी गठबन्धनले सोमबार सर्वोच्चमा रिट दिने भएका छन्। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सोमबार बिहान १० बजे सर्वोच्चमा रिट दिइने बताएका छन।

आज रिट दिने तयारी गरे पनि सांसदहरूको हस्ताक्षर संकलन भइसकेको छैन। तर नेता पुनले भने सबै सांसदको हस्ताक्षर गरिएको र बहुमत पुगिसकेको दाबी गरेका छन्।

नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसदको हस्ताक्षर बाँकी रहेको बताइएको छ। आज बानेश्वरमा नेपाल पक्षका १८ जना नागरिकता लिएर पुगेका थिए। तर उनीहरूले हस्ताक्षर गरे/नगरेको खुलेको छैन।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार हस्ताक्षर गरेका १४९ जनाबाहेक अरूले पनि हस्ताक्षर गरेको बताएका छन।

‘केही चिन्ता नलिनुहोला, अस्ती हस्ताक्षर गरेका १४९ मा अझै केही सांसद थपिनुभएको छ,’ प्रचण्डले भने।

उनकाअनुसार सोमबार भौतिक रूपमै सांसदहरू अदालतमा उपस्थित हुनेछन्। माधव नेपाल पक्षका सांसदले हस्ताक्षर नगरेर आज रिट नलगेको हो भन्ने प्रश्नमा उनले त्यो अस्वीकार गरेका छन्।

एमाले नेता नेपालले आफ्ना पक्षका सांसदले हस्ताक्षर गरेको बताएका छन्। उनले हल्लाका पछाडि नलाग्न पनि आग्रह गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै