Comments Add Comment

पुराना संस्कृति विस्थापन गर्दा नयाँ विकल्प दिनु पर्छ : अमर गिरी

काठमाडौं, १२ भदौ । साहित्यिक कार्यक्रम बातलाबाको १४ औँ शृङ्खला शनिबार भर्चुल माध्यामबाट सम्पन्न भएको छ । कार्यक्रममा सांस्कृतिक रूपान्तरण र चाडपर्वको बारेमा चर्चा गर्दै डा. अमर गिरीले सांस्कृतिककर्मीले सांस्कृतिक रूपान्तरण आफैँबाट सुरु गर्नु पर्ने र पुराना संस्कृति विस्थापन गर्दा नयाँ विकल्प पनि दिनु पर्ने बताउनुभयो । उहाँले सामन्तवादी र पुँजीवादी संस्कृति विरुद्धको संघर्ष नै सांस्कृतिक रुपान्तरणको प्रमुख कार्यभार रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘हाम्रा चाडपर्व मूलतः सामन्तवादी संस्कृतिको प्रतिनिधित्व गर्छन् र केही श्रमसँग जोडिएका छन् । तीज महिलाहरूमाथि पितृसतात्मक प्रभुत्व राख्ने चाड हो । केही संस्कृतिवा चाडपर्व त्यागेर नै अगाडि बढ्नु पर्छ ।’ राजनीतिक आन्दोलन पछि सांस्कृतिक आन्दोलनलाई अगाडि नबढाउने हो भने आन्दोलनका उपलब्धी गुम्न सक्ने विचार पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा अर्का वक्ता साहित्यकार सीता शर्माले भौतिक संस्कृति धेरै अगाडि बढे पनि मानसिक अर्थात आत्मिक संस्कृति धेरै पछि परेको विचार प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो उद्देश्य शोषणमूलक संस्कृति नष्ट गरेर समतामूलक संस्कृतिको स्थापन ागर्नु हो । जीवनविरोधी, मानवता विरोधी चाडपर्व विस्थापन गर्न मानवतावादी, समाजवादी, वैज्ञानिक चाडपर्व स्थापितगर्न जरुरी छ ।’ चाडपर्वका मानवीय पक्षलाई उपयोग गर्न सकिने उहाँको धारणा थियो ।

कार्यक्रममा पोषराज पौडेल, भीम रानाभाट, अगिब बनेपाली, चन्द्र रानाहँछा, बाबा बस्नेत, छविलाल कोपिला, पञ्चकुमारी परियार, ईश्वरी रिजाल ‘उल्कापात’ लगायतले कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको संचालन कृष्णकिसुले गर्नुभएको थियो भने कार्यक्रमको उठान डा. धनप्रसाद सुवेदी र अन्त्य नारायण मरासिनीले गर्नुभएको थियो ।

सीताशर्मा–
संस्कृतिमानिस निर्मित दोस्रो संस्कृतिहो । मानिसले आफ्नो आवश्यकता पूर्ति गर्नको लागि संस्कृति निर्माण गर्दछ । संस्कृति वर्गीय हुन्छ । धनिमानिसको आफ्नै संस्कृति हुन्छ भने गरिब मानिसको छुट्टै संस्कृति हुन्छ । माओले सफा मानिस भन्दा गोबर लत्पतिएको किसान र श्रमिकको हातनिकै उत्कृष्ट र सफा हुन्छन् भन्ने कुरा बताउनु भएको छ ।

हाम्रा चाडपर्व कुनै न कुनै अन्धविश्वास या धर्मसँग जोडिएका छन् । तिनले हामीभित्र लुकेको पछौटेपनको सामूहिक प्रकटिकरण गर्दछन् । हामीले नया ँमूल्यबोकेका चाड मनाउनुपर्छ । तीजपुरुष सर्वोच्चताकायम राखेर महिलाशोषणलाई निरन्तरता दिने चाड नै हो । यसले पुँजीवादी संस्कृतिलाई पनि बढवा दिने गरेको छ । तर पसनमाइती जाने, नाचेर मन पखाल्ने चाड पनिहो । पहिले पहिले तीजलाई क्रान्तिकारी गीतगाएर उपयोग गर्ने नीति पनि लिइएको थियो । छोड्ने हो कि उपयोग गर्ने यसबारेमा छलफल हुनुपर्छ । अहिले कम्युनिष्ट पार्टीको सदस्य, लेखक र सांस्कृतिककर्मीले मनाउने संस्कृतिमाखासै भिन्नता छैन । दर्शन र विचार ठीक नभएपछि नयाँ संस्कृति निर्माण हुन सक्दैन ।

डा. अमर गिरी

सांस्कृतिक रुपान्तरणले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउँछ । सांस्कृतिक रुपान्तरण भएनभने कम्युनिष्ट आन्दोलन कमजोर हुँदै जान्छ । कम्युनिष्ट आन्दोलनको एउटा धारा उल्टो दिशातिर गइरहेको छ । राममन्दिर बनाउनु भोटको राजनीति मात्र होइन, त्यहाँ सांस्कृतिक पुरातन पनि जोडिएको छ । व्यवहारवादी र यथास्थितिवादी सांस्कृतिकचिन्तन अगाडि बढिरहेको छ । ठूला ठूला सिद्धान्तको कुरा गर्ने तर न्युनतम आचरण पनि पालन नगर्नेले कम्युनिष्ट आन्दोलन कमजोर बनिरहेको छ । सांस्कृतिक रुपान्तरण भन्नु आफैँ विरुद्ध, आफ्नै आचरण् ाविरुद्ध संघर्ष हो । तीजलाई समर्थन होइन, आलोचना गरेर नै अगाडि बढ्ने हो । ऋषिपञ्चमीलाई मान्न सकिन्न, रुपान्तरण पनि गर्न सकिन्न, छोड्नै पर्छ । कतिपय चाडपर्व बन्द गरेर जानुपर्छ । तर, शक्तिप्रयोग गर्नु हानिकारक हुन्छ । त्यसले जनताको भावनामा ठेस पुग्न सक्छ, विरोध हुन सक्छ । विकल्पदिन सक्नुपर्छ, नत्रभ्याकुम पैदा हुन्छ । श्रम सँग जोडिएका चाडपर्वलाई सुधार गर्दै निरन्तरता दिन सक्छौँ । सांस्कृतिक रुपान्तरण भन्नु मूलतःविचार धारात्मक संघर्ष हो ।

कवि पोषराज पौडेलले साँढे र राजनीतिक प्रवृतिलाई जोडेर कविता सुनाउनु भयो । भीम रानाभाटले चश्मा र कलमले देखिरहेको, लेखिरहेको प्रतिगमनका विरुद्ध व्यङ्ग्य प्रस्तुतगर्नु भयो कवितामा । अगिब बनेपालीले किसानको श्रम कविको काल्पनिकता भन्दा बढी संघर्ष छ भन्ने भावको कविता सुनाउनु भयो । पञ्चकुमारीले कोरोना र लकडाउनले गरिब र न्युनवर्ग बढी मारमा परेको भावना कवितामा पोख्नुभयो । चन्द्र रानाहँछाले छोड्नुपर्दाको पीडा र आत्मीय भाव कवितामा पोख्नुभयो । छविलाल कोपिलाले बाको सन्दुक र सन्दुकमा राखिएको दुखको पोकाबारे कविता सुनाउनुभयो । बाका पटपटी फुटेका पैताला, श्रम र पौरख एवम् साहुसँगको संघर्षलाई कवितामा उन्नु भयो । बाबा बस्नेतले छाउपडी र झुमा प्रथाको उल्लेख गर्दै नारी पीडाको कविता सुनाउनुभयो । ईश्वरी रिजाल‘उल्कापात’ले वालुवा चाल्ने महिलाश्रमिकको पीडा व्यक्त गर्नुभयो कवितामा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै