Comments Add Comment

नेप्सेमा सामान्य सुधार

काठमाडौं, २३ फागुन । सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १.५४ अंकले बढ्दै २५ सय ४४.९३ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक ३.६६ अंकले घटेर २५ सय ४३.३९ विन्दुमा झरेको थियो ।

तर, यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने आज पनि २.१४ अंकले बढ्दै ४९२.२६ विन्दुमा उक्लिएको छ । यसदिन बैंकिङ, होटल तथा पर्यटन, निर्जीवन बीमा, म्यानु एण्ड प्रो र अर्थस् समूहको उपसूचक धनात्मक (पोजेटिभ) भएका छन् भने बाँकी अन्य सबै उपसूचक ऋणात्मक भएका छन् ।

१.५४ अंकले बढेको बजारमा आज २ अर्ब ६० करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन ३ अंकले घटेको बजारमा २ अर्ब ४९ करोड ३२ लाख रुपैयाँको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै