Comments Add Comment

एकै घरभित्र पाँच जना बेहोस अवस्थामा फेला, एकजनाको मृत्यु

काठमाडौं, २४ फागुन । काठमाडौंको रामकोटमा घरभित्र पाँच जना बेहोस अवस्थामा फेला परेका छन् । तीमध्ये एकजनाको मृत्यु भएको छ ।

उपचारका क्रममा ३३ वर्षीय सुवर्णमान प्रधानको मृत्यु भएको प्रहरीले जनाएकोछ । चार जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

बेहोस अवस्थामा फेला परेलगत्तै प्रहरीले मनमोहन मेमोरियल अस्पतालमा तत्कालै पुर्‍याएको थियो ।

महानगरीय प्रहरी काठमाडौंका अनुसार, ६२ वर्षीय इन्दिरामाया प्रधान, उनका छोरा ३८ वर्षीय भीममान प्रधान, बुहारी ३५ वर्षीया इन्दिरा प्रधान र नातिनी ११ वर्षीया सुप्रिया प्रधानको अवस्था गम्भीर छ ।

काठमाडौंको डल्लु स्थायी घर भएका प्रधान परिवार गत कात्तिकमा रामकोटमा एउटा फ्ल्याट लिएर डेरा सरेका थिए ।

घटनास्थलबाट सुसाइड नोट पनि फेला परेको प्रहरीले जनाएको छ । आर्थिक अवस्था बिग्रिएको, विरामी भएको लगायत विषय सुसाइड नोटमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै