Comments Add Comment

फेरी बढ्यो कोरोना संक्रमित

काठमाडौं, २४ फागुन । पछिल्लो २४ घण्टामा थप १९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७५६ जनाको एन्टीजेन परीक्षण गर्दा १२० जना गरी १९४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ५ हजार ८७५ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ५ हजार ७५४ जना होम आइसोलेसनमा रहेका छन् भने १३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ४२ जना आईसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ३२८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९४९ पुगेको छ भने ९ लाख ५९ हजार ८१७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका २ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३ जना कोरोना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै