Comments Add Comment

कुखुराको खोरमा भेटियो चितुवा

काठमाडौं, २५ फागुन । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ मा कुखुराको खोरमा अड्किएको अवस्थामा चितुवा फेला परेको छ । खोरमा खुट्टा अड्किएको अवस्थामा फेला परेको चितुवालाई डिभिजन वन कार्यालय हात्तीसारको टोलीले उद्धार गरेको छ ।

सो चितुवालाई उद्धार गरेर सदर चिडियाखाना जावलाखेल पठाइएको महानगरीय प्रहरी प्रभाग बलम्बुले जनाएको छ । गएराति करिब नौ बजेतिर चितुवा अड्किएको अनुमान छ । सो चितुवालाई करिब १२ घण्टा पछाडि आज बिहानमात्र उद्धार गरिएको छ ।

सदर चिडियाखाना लगेर चितुवाको स्वास्थ्य जाँच गरिने र जंगलमा छाड्ने/नछाड्ने बारे निर्णय लिइने वन कार्यालयका अधिकारीहरुलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै