Comments Add Comment

सुनचाँदीको मुल्य अहिले सम्मकै उच्च, एकै दिन २५ सय रुपैयाँ बढ्यो

काठमाडौं, २५ फागुन । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा २५ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा २५ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा ४० रुपैयाँ बढेर प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै