Comments Add Comment

संखुवासभा बस दुर्घटनामा १४ जनाको मृत्यु

काठमाडौं, २७ फागुन । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताएका छन । ‘१४ जनाको लाश भेटिएको छ, ५ जना घाइते भएका छन्,’ सुवेदीले भने, ‘मृतकको सनाखत भएको छैन ।’

दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

मादी नगरपालिकाका मेयर विदुर कुमार लिंथेपले पनि १४ जनाको मृत्यु भएको र ५ जना घाइते भएको बताएका छन । ‘१४ जनाको मृत्यु भएको छ । एकजना बच्चा हराइरहेको भनेर आफन्तले भनिरहेकाले खोजी भइरहेको छ,’ उनले भने ।

उनका अनुसार घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुर लगिएको छ । गम्भीर घाइतेहरुलाई सुविधासम्पन्न अस्पतालमा लैजान हेलिकप्टरको व्यवस्था गर्ने तयारी भइरहेको पनि उनले बताएका छन ।

बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै