Comments Add Comment

सुनचाँदीको मुल्य बढ्ने क्रम जारी, प्रतितोला कति पुग्यो ?

काठमाडौं, २९ फागुन । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । शुक्रबार प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै