Comments Add Comment

काँग्रेस निर्वाचन समितिका संयोजक घिमिरेद्वारा राजीनामा

काठमाडौं, २९ फागुन । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले पदबाट राजीनामा दिएका छन् । उनले सभापति शेरबहादुर देउवा समक्ष राजीनामा दिएका हुन् ।

कानून व्यवसायीहरुको साझा संस्था नेपाल वार एशोसिएशनको अध्यक्ष पदमा उम्मेदवारी दिएसँगै उनले पदबाट राजीनामा दिएको काँग्रेस पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिएका छन ।
बारको आसन्न केन्द्रीय महाधिवेशनमा लोकतान्त्रिक एवं प्रगतिशील समूहका तर्फबाट घिमिरे साझा उम्मेदवार रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै