Comments Add Comment

कांग्रेस सर्लाही सभापतिमा सिंह विजयी

काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसको सर्लाही जिल्ला सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन् । सिंह संस्थापन पक्षका हुन् । उनले १७५८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी लक्ष्मण रायले १३७८ मत ल्याए ।

यस्तै उपसभापतिमा डाक्टर सरोज कुमार (राजु) १७६४ मत र नवीप्रसाद अधिकारी १४९३ मतका साथ विजयी भएका छन् । उपसभापतिका अन्य दुई उम्मेदवार शेष सहदुल्लाहले १४७४ र रविनन्दन चौधरीले १३१४ मत पाए ।

यस्तै सचिवमा निरज कार्की १७२६ र मनोजकुमार यादव १४२६ मतका साथ विजयी हुँदा उनीहरूका प्रतिस्पर्धी कष्णराज रायमाझीले १४१२ र नरेन्द्र भट्टराईले १३९९ मत पाए ।

सहसचिवमा इन्द्रबहादुर योञ्जनले १७११ मत र सुनिलकुमार कुशवाह १५७९ मतका साथ निर्वाचित भए । सहसचिवका उम्मेदवार सूर्यबहादुर खड्काले १३६५ दिनेश मिश्रले १२३७ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै