Comments Add Comment

बारा जिल्लाको कांग्रेस सभापतिमा यादव विजयी

काठमाडौं, ३० फागुन । नेपाली कांंग्रेसको बारा जिल्ला सभापतिमा राजेश राय यादव निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा यादवले १२०६ मत ल्याई विजयी भएका हुन् । यादवले शम्भुबहादुर बुढाथोकीलाई पराजित गरेका हुन् ।

बुढाथोकीले ११५४ मत ल्याएका थिए । ५२ मतको अन्तरले यादवले बुढाथोकीलाई पराजित गरेका हुन् । विजयी यादव कलैया उपमहानगरका मेयर समेत हुन् ।

विजयी र पराजित दुबै संस्थापन पक्षका जिल्ला नेता हुन् । शनिबार भएको अधिवेशनबाट तेस्रो स्थानको मत ल्याई रामानन्द राय बाहिरिएका थिए । नेता कृष्णप्रसाद सिटौला निकट रायले शनिबारको मत परिणाममा पहिलो स्थानको मत ल्याउने यादवलाई सघाउने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै