Comments Add Comment

जसपाले टुंगो लगायो उम्मेदवारको योग्यता र छनोट विधि

काठमाडौं, ३० फागुन । जनता समाजवादी पार्टी (जसपा) स्थानीय तह निर्वाचनमा उम्मेदवारको योग्यता र छनौटको तरिका टुंगो लगाएको छ ।

स्थानीय तह निर्वाचन निर्देशिका अनुसार जुन पदमा उम्मेदवारी दिने हो, सो तहको पार्टी समितिले सम्भावित तीन जनासम्मको नाम सिफारिस गर्नुपर्ने छ । सिफारिस गरिएका नाममा सम्बन्धित आफ्नो समितिमा छलफल गरी निर्णय गर्नुपर्ने छ ।

छलफलमा निष्कर्ष ननिस्किए एक तह माथिल्लो समितिमा निर्णयार्थ पठाउनुपर्ने निर्देशिकामा उल्लेख छ । त्यसरी पठाइएका सिफारिस उपर माथिल्लो समितिले सम्बन्धित स्तरको गाउँ, नगर र वडाको वस्तुस्थिति, उम्मेदवारको अवस्था, पार्टीको अवस्था र अन्य प्रतिस्पर्धी दलको अवस्थाको मूल्यांकन गरी उम्मेदवारको छनोट गर्नुपर्ने विधि बनाइएको छ ।

गाउँपालिकाको अध्यक्षरउपाध्यक्ष, नगर र उपमहानगरका प्रमुखरउपप्रमुख पदको उम्मेदवारी सोही स्तरको पार्टी कमिटीले छनोट गर्ने छ । त्यहाँ छलफल गर्दा निष्कर्ष ननिस्किए जिल्ला समव्य समितिमा पठाउनु पर्ने छ । त्यहाँ पनि टुंगो नलागेमा प्रदेशको कार्यकारिणी समितिले टुंगो लगाउने निर्देशिकामा उल्लेख छ ।
उम्मेदवार टुंगो लगाउने प्रदेश कार्यकारिणी समितिको बैठकमा राष्ट्रिय समितिका अध्यक्ष समेत रहने व्यवस्था छ ।

समन्वय गर्नुपर्ने

महानगरपालिकाको उम्मेदवारको छनोट भने केन्द्रीय कार्यकारिणी समिति वा पदाधिकारीबाट हुने जसपाको निर्वाचन निर्देशिकामा उल्लेख छ ।

वडाअध्यक्ष र सदस्यहरुको उम्मेदवारी भने प्रारम्भिक समिति, सम्बन्धित गाउँ, नगरपालिकाले टुंगो लगाउन सक्ने छ । त्यहाँ नटुंगिएमा जिल्ला समन्वय समितिले टुंगो लगाउने छ ।

महानगरपालिकाको प्रमुखरउपप्रमुख पदको उम्मेदवारी छनौटको प्रश्न अति जटिल बनेर प्रदेशले टुंगो लगाउन नसकेमा अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कार्यकारिणी समिति वा पदाधिकारीलाई हुने छ । पदाधिकारी तहबाट निर्णय गर्दा सम्बन्धित प्रदेशका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुसँग समन्वय गर्नुपर्ने विधि बनाइएको छ ।

बाँकी पदको उम्मेदवार छनोट गर्नुअघि गाउँ, नगरपालिकाका अध्यक्षरप्रमुखको उम्मेदवार र उक्त गाउँ नगरपालिका समावेश भएको प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहमा जितेका वा गत निर्वाचनका पार्टीका उम्मेदवार भएकाहरुसँग समन्वय गर्नुपर्ने पनि जसपाले जनाएको छ ।

उम्मेदवारको योग्यता सम्बन्धी मापदण्ड

जसपाले उम्मेदवारको योग्यता सम्बन्धी सातबुँदे मापदण्डसमेत तोकेको छ । उम्मेदवार पार्टीको सिद्धान्त, नीति, उद्देश्य, कार्यक्रम र पार्टीको एकत्वलाई आत्मसाथ गर्ने हुनुपर्ने छ ।

पार्टी समितिमा संगठितरसक्रिय रहने, सामाजिक काममा समर्पित हुनसक्ने, स्वच्छ छवी भएको, विजय हासिल गर्नसक्ने खालको पनि हुनुपर्ने छ ।

यसैगरी सम्बन्धित गाउँ, नगर र वडाको वस्तुस्थिति बुझेको र सुशासन प्रत्याभूति गर्न सक्ने पनि हुनुपर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै