Comments Add Comment

कोरोना संक्रमितको संख्या घट्ने क्रम जारी, आज कति थपिए ?

काठमाडौं, ३० फागुन । नेपालमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ५ सय ३९ पिसिआर परिक्षणका क्रममा ५० जना र १ हजार ८ सय ७९ एन्टीजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छ । हालसम्म नेपालमा कोरानाका कारण ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ ।

त्यस्तै थप १ सय ४८ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६१ हजार २ सय १८ जना निको भएका छन् । हाल नेपालमा ४ हजार ८ सय १९ सक्रिय संक्रमित आइशोलेशनमा र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै