Comments Add Comment

युक्रेनलाई कमजोर बनाउन रुसले नयाँ रणनीति अपनाउने

एजेन्सी । डोनेट्स्कमा युक्रेनको क्षेप्यास्त्र आक्रमणको जवाफमा रुसले युक्रेनको रक्षा उद्योगलाई लक्षित गर्ने कुरा बताइएको छ । युक्रेनले सोमबार डोनेट्स्कको पृथकतावादी क्षेत्रमा मिसाइल आक्रमण गरेको रुसले बताएको छ।

रुसको रक्षा मन्त्रालयले एउटा अनलाइन पोस्टमा यस्तो लेखेको छ, डोनेट्स्कमा टोचका-यु मिसाइल आक्रमणको जवाफमा रुसका सुरक्षा बलले युक्रेनको रक्षा उद्योगसँग सम्बन्धित कम्पनीहरूलाई लक्षित गर्नेछ जसले यी हतियारहरू उत्पादन गर्छन् ।

ूहामी यी कम्पनीमा काम गर्ने युक्रेनीहरूलाई र वरपर बस्ने मानिसहरूलाई त्यो ठाउँ छोड्न आग्रह गर्छौँ, रुसले भनेको छ । डोनेट्स्कमा युक्रेनी हवाई हमलामा २० जना नागरिकले ज्यान गुमाएको रुसले यसअघि पनि आरोप लगाएको थियो। तथापि, युक्रेनले यस आक्रमणलाई अस्वीकार गरेको छ र यसको लागि रुसी क्षेप्यास्त्रलाई दोषी ठहराएको छ।

रुसले युक्रेनका प्रमुख स्थानमा आक्रमण गर्ने चेतावनी दिएको यो दोस्रो पटक हो। मार्च १ मा दिइएको पहिलो चेतावनीमा कीभ टिभी टावरलाई निसाना बताइएको थियो र पाँच जनाको मृत्यु भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै