Comments Add Comment

तोलामै १८ सय रुपैयाँ घट्यो सुन, प्रतितोला कति ?

काठमाडौं, १ चैत । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा १८ सय रुपैयाँ घटेर प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा १८ सय रुपैयाँ घटेर प्रतितोला १ लाख रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा ३५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै