Comments Add Comment

एमालेको दैलेखमा नेतृत्व चुन्न पुनः मतदान शुरु

काठमाडौं, २ चैत । नेकपा एमाले दैलेख जिल्ला अन्तर्गत बुधबार पुनः अधिवेशन सुरु भएको छ । गत पुसमा भएको अधिवेशन अन्तर्गत निर्वाचनमा प्रतिनिधिको सङ्ख्या भन्दा ३१ मत बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो ।

एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले बिहान आठ बजेदेखि मतदान सुरु भएको जानकारी दिएका छन । नयाँ नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली हिजो नै सार्वजनिक भइसकेको थियो । ‘सहमतिको आधारमा नेतृत्व टुङ्ग्याउने प्रयास भए पनि हुन सकेन,’ अध्यक्ष शाहले भने,‘ अब निर्वाचनमै जाने कुरा भयो । मतदान मार्फत नै नेतृत्वको टुङ्गो लगाइने भएको छ।’

अधिकांश स्थानीय तहबाट भूगोलतर्फका जिल्ला कमिटी सदस्यहरू सर्वसम्मत समेत भइसकेका छन् । दैलेखमा जिल्लाभरबाट प्रतिनिधि (मतदाता)सङ्ख्या ७२१ रहेको छ । अघिल्लो पटक मतदान गर्दा भने ७ सय १७ मत खसेको थियो । तर मतपेटिका खोलेर गन्दा ७४८ मत भेटियो । त्यसपछि मतगणना नै रद्द गरिएको थियो ।
एमाले दैलेखको अध्यक्षका लागि क्षेत्र नं.–२ बाट सूर्यबहादुर शाही छन् भने क्षेत्र नं.–१ बाट निवर्तमान अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा रहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै