Comments Add Comment

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, २ चैत । बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १९.६५ अंकले घट्दै २६ सय ३१.३२ अंकमा झरेको हो ।
यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.२२ अंकले घटेर ४९७.३७ अंकमा झरेको छ ।

यसदिन होटल तथा पर्यटन समूहको उपसूचक २.०९ प्रतिशतले बढेको छ भने निर्जीवन बीमाको उपसूचक ०.६४ प्रतिशतले र म्युचुअल फन्ड ०.०२ प्रतिशतले बढेको छ । बाँकी अन्य सम्पूर्ण उपसूचक ऋणात्मक भएका छन् ।
१९ अंक माथिले घटेको बजारमा आज २ अर्ब ५७ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै