Comments Add Comment

रामेछापको सुनापतीमा माओवादी विजय

काठमाडौं, ३ जेठ । रामेछापको सुनापती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रले बिजय हाँसिल गरेको छ । गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार ठुलोकान्छा तामाङ निर्वाचित भएका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार गीता विष्ट (चौलागाईं)ले जित हाँसिल गरेकी छिन् । सुनापतिमा दुवै पदमा माओवादी केन्द्र र नेपाली काँग्रेसको बिचमा तिब्र प्रतिस्पर्धा थियो । तामाङले नेपाली काँग्रेसका उम्मेदवार कमान खड्कालाई पराजित गरेका छन् ।

उपाध्यक्षमा निर्वाचित विष्टले नेपाली काँग्रेसकी उम्मेदवार शान्ति मोक्तानललाई पराजित गरिन् । नेकपा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार ज्ञान कुमार योञ्जन प्रतिस्पर्धामा पछाडी परेका छन् ।

माओवादी केन्द्रले सो गाउँपालिकाको वडा नम्बर–२, ३, ४ र ५ मा पनि जित हाँसिल गरेको छ । वडा नम्बर–२ को अध्यक्षमा पदम बहादुर थापा निर्वाचित भएका छन् । वडा अध्यक्षमा विजयी भएका थापाले १ हजार ७१ मत ल्याएका छन् । उनका निटकतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार वेन बहादुर थापा मगरले ९ सय ८२ मत ल्याएका छन् । सो वडामा नेकपा एमोलका उम्मेदवार पदम बहादुर थापा मगर ११२ मतमा सिमित भएका छन् ।

वडा नम्बर–५ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार चित्र बहादुर मानन्धर निर्वाचित भएका छन् । मानन्धरले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार जनक कुमार खड्कालाई १५३ मतले पराजित गरेका छन् । सुनापति–३ मा माओवादी केन्द्रका कुल बहादुर थिङ र वडा नम्बर–४ मा डण्डुप लामा निर्वाचित भएका छन् । सुनापती गाउँपालिका वडा नम्बर–१ मा नेपाली काँग्रेसका उम्मेदवार ध्रुब चौलागाई निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै