Comments Add Comment

बलराको मेयर र उपमेयरमा माओवादी विजयी

काठमाडौं, ३ जेठ । सर्लाहीको बलरा नगरपालिकाको मेयर र उपमेयर नेकपा माओवादी केन्द्रले जितेको छ । मेयरमा माओवादी केन्द्रका रामाशंकरप्रसाद कुशवाहा र उपमेयरमा कोशिला देवी निर्वाचित भएका हुन् ।

कुशवाहाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अभयकुमार सिंहलाई एक हजार १२ मतले पछि पार्दै कुशवाहा निर्वाचित भएका हुन् ।

कुशवाहाले ४ हजार ६४३ मत प्राप्त गरेर निर्वाचित हुँदा सिंहले ३ हजार ६३१ मत प्राप्त गरे । नगरप्रमुखमा पराजित सिंह निवर्तमान नगरप्रमुख हुन् ।

यस्तै, बलराको उपमेयरमा निर्वाचित माओवादीकी देवीले ४ हजार ३५१ मत ल्याइन् । उनका निकटतम् प्रतिद्वन्दी लोसपाकी रागनदेवीले ३ हजार ७४० मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै