Comments Add Comment

भोजपुर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काठमाडौं, ३ जेठ । भोजपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार कैलाशकुमार आले विजयी भएका छन् । उनी दोस्रो पटक मेयरमा निर्वाचित भएका हुन् ।

आलेले नेकपा एमालेका भरतकुमार तामाङलाई पराजित गरे । मेयरमा निर्वाचित आलेले ५ हजार ६१५ मत ल्याउँदा तामाङले ५ हजार १०० मत प्राप्त गरे ।

उपमेयरमा भने एमालेकी निर्मला शेर्पा विजयी भएकी छन् । उनले रुख चिन्हबाट चुनाव लडेकी नेकपा एकीकृत समाजवादीकी ममिता राईलाई पराजित गरेकी हुन् । शेर्पाले ५ हजार ५०० मत ल्याउँदा निकटतम् प्रतिद्वन्दी राईले ५ हजार १३३ मत प्राप्त गरिन् । नगरका १२ वडामध्ये ८ वडामा कांग्रेस, ३ वटामा एमाले र एउटा वडामा माओवादी केन्द्रले वडाध्यक्ष जितेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै