Comments Add Comment

उमाकुण्ड गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौं, ४ जेठ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेकपा एमालेका शेरबहादुर सुनुवार र उपाध्यक्षमा कांग्रेसकी सावित्री सुनुवार विजयी भएका छन्। सुनुवार ३ हजार ७२८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जितबहादुर कटुवालले २ हजार १७२ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाका हिक्मत सुनुवारले २ हजार १४१ मत ल्याएका थिए।

उपाध्यक्षमा नेपाली कांग्रेसकी सावित्री सुनुवार विजयी भएकी छन् । सुनुवारले २ हजार ९ सय २२ मत पाउँदा उनको निकटतम प्रतिस्पर्धी एमालेकी गंगा कार्कीले २ हजार ८३४ मत प्राप्त गरेकी छन् ।

वडा अध्यक्षमा एमालेले ४ वडा, माओवादी केन्द्रले २ वडा र कांग्रेसले १ वडामा जितेको छ। वडा अध्यक्षमा एमालेबाट वडा नम्बर १ मा ङावा तिण्डु शेर्पा, वडा नम्बर ३ मा गुणकुमार थापा, वडा नम्बर ५ कुलबहादुर बस्नेत, वडा नम्बर ७ रुद्र मणि नेवार विजयी भएका छन्। त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट वडा नम्बर २ मा खम्ब ध्वज बस्नेत, वडा नम्बर ४ मा मान बहादुर सुनुवार विजयी भएका छन्। त्यसैगरी नेपाली काँग्रेसबाट वडा नम्बर ६ मा भरत राज खड्का विजयी भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै