Comments Add Comment

थाहा नगरपालिकाको मेयरमा माओवादी विजयी

काठमाडौं, ४ जेठ । स्थानीय तह सदस्य निर्वाचन अन्तरगत थाहा नगरपालिकाको प्रमुख (मेयर) पदमा माओवादी केन्द्रका उम्मेदवार विष्णु बहादुर विष्ट(आदर्श) विजयी भएका छन् । कुल २३ हजार ५६ मत खसेकोमा विष्टले ९ हजार ७ सय १९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युतम प्रसाद ढकालले ७ हजार ७ सय ७१ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुख(उपमेयर) पदमा नेपाली काँग्रेससका उम्मेदवार भरत गोपाली विजयी भएका छन् । गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कल्पना बलामीले ८ हजार ५ सय २२ मत प्राप्त गरेका छन् ।

साथै नगरपालिकाको १२ वडा मध्ये ६ वटा वडामा माओवादी केन्द्र विजयी भएको छ भने एमाले ३ र काङ्ग्रेस ३ वडामा विजयी भएका छन् । थाहा नगरमा माओवादी १,२,३,४,९ र ११ नम्बर वडामा विजयी भएको हो भने काङ्ग्रेस ६,७ र १२ नम्बर वडामा विजयी भएका छन् । नेकपा एमाले ५, ८ र १० नम्बर वडामा विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै