Comments Add Comment

दुधौली नगरपालिका मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

काठमाडौं, ४ जेठ । सिन्धुलीको दुधौली नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

नगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका दिनेश अधिकारी र उपमेयरमा नेपाली कांग्रेसका चन्द्र किशोर थारु निर्वाचित भएका छन् ।

नगरको मेयरमा एमालेका लक्ष्मण कुमार कार्कीलाई ५ हजार बढी मतले हराउँदै माओवादी केन्द्रका दिनेश अधिकारी निर्वाचित भएका हुन् । अधिकारीले १५ हजार ८३८ मत ल्याउँदा एमालेका कार्कीले १० हजार ६५२ मात्र मत ल्याए ।

यस्तै नगरपालिकाको उपाध्‍यक्षमा एमालेकी बाल कुमारी अधिकारीलाई पराजित गर्दै कांग्रेसका किशोर चौधरी थारु निर्वाचित भएका हुन् । थारुले १४ हजार २१३ मत ल्याउँदा बालकुमारीले १० हजार ६११ मात्र मत ल्याए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै