Comments Add Comment

आठबिसकोट नगरपालिकामा पनि माओवादी केन्द्र विजयी

काठमाडौं, ४ जेठ ।रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पनि माओवादी केन्द्र विजयी भएको छ । नगर प्रमुखमा रवि केसी र उपप्रमुखमा धनकुमारी शाही विजयी भएका हुन् ।

माओवादी केन्द्रका उम्मेदवार केसी ७ हजार ३९९ मतसहित नगर प्रमुखमा विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धिरेन्द्र कुमार बटालाले ६ हजार ६१५ मत पाए । एमाले उम्मेदवार कृष्णा कुमारी मल्लले १९९ मत पाइन् ।

यसैगरी उपप्रमुखमा पनि माओवादी केन्द्रकी धनकुमारी शाही विजयी भएकी छन् । शाहीले ७ हजार २६७ मत पाइन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिनेश चन्दले ६ हजार २६८ मत पाएका छन् ।

रुकुम पश्चिमका ६ वटा पालिकाहरुमध्ये चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिका माओवादी केन्द्र विजयी भएको छ । नेपाली कांग्रेसले बाँफिकोट गाउँपालिका जितेको छ ।

अब जिल्ला सदरमुकामसमेत रहेको मुसिकोट नगरपालिकाको परिणाम मात्र सार्वजनिक हुन बाँकी छ । पूर्व रुकुममा भने भुमे, सिस्ने र पुथा उत्तरगंगा तीनवटै गाउँपालिकामा माओवादी विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै