Comments Add Comment

टीकापुरको मेयरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु निर्वाचित

काठमाडौं, ५ जेठ । कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु निर्वाचित भएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नवराज रावललाई ३ हजार मतान्तरले पराजित गर्दै थारु निर्वाचित भएका हुन् ।

टीकापुर नगरपालिकाका निर्वाचन अधिकृत पुष्कर खडकाले थारु नौ हजार ६४२ मत प्राप्त गर्दै विजयी भएको जानकारी दिए ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रावलले ६ हजार ६४२ मत मात्रै प्राप्त गरेका छन् । उपमेयरमा भने सत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका माओवादी केन्द्रका खडकबहादुर शाह निर्वाचित भएका छन् ।

शाहले ७ हजार ९५५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीकी उल्कादेवी विश्वकर्माले ७ हजार ८०२मात्र मत पाइन् ।

प्रतिनिधिसभा निलम्बित सांसद रेशम चौधरीको अगुवाइमा गठन गरिएको नागरिक उन्मुक्ति पार्टीले कैलालीको जानकी गाउँपालिका र भजनी नगरपालिकामा समेत मतगणनाको सुरुवातदेखि अग्रता लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै