Comments Add Comment

रौतहटको मौलापुरमा पून: रीना साह निर्वाचित

काठमाडौं, ५ जेठ । रौतहटको मौलापुर नगरपालिकाको मेयर पदमा पूनस् रीना कुमारी साह निर्वाचित भएकी छिन् । नेकपा एमालेका उम्मेदवार रीना कुमारी साह मौलापुर नगरपालिकामा जित हासिल गरेको छ ।

गठबन्धनका उम्मेदवारको विपरीत चुनाव लड्न उम्मेदवारी दिएकी नेकपा एमालेकी महिला मेयर उम्मेदवार रिना साहले ठूलो मतान्तरका साथ विजय हासिल गरेकी हुन । दोस्रो कार्यकालका लागि मेयर उम्मेदवार बनेकी साहले नेपाली कांग्रेस, माओवादी केन्द्र जसपा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका रामप्रवेश यादवलाई पराजित गरेकी छिन् ।
निवर्तमान मेयर साहले ५ हजार ५५६ मत प्राप्त गरिन् भने गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार रामप्रवेश यादवले ३ हजार ६२ मत हासिल गरेका छन् ।

मधेस प्रदेशको पहिलो महिला मेयरको रुपमा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साह दोस्रो कार्यकालका लागि पनि भारी बहुमतका साथ निर्वाचित भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै