Comments Add Comment

रोशीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

काठमाडौं, ६ जेठ । काभ्रेको रोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दिनेश लामा तथा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार मिमबहादुर वाइबा विजयी भएका हुन् ।

७ हजार ५३४ मत प्राप्त गरी दिनेश लामाले अध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार देवसागर लामा १ हजार १७६ मतले पछि परे । लामाको पक्षमा ६ हजार ३५८ मत रह्यो ।

उपाध्यक्षमा माओवादी केन्द्रका मिमबहादुर वाइबा ६ हजार ६७२ मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार बबिता बोहोराले ५ हजार ९४३ मत प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै