Comments Add Comment

हरिवनको मेयरमा माओवादीका बुढाथोकी विजयी

काठमाडौं, ६ जेठ । सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका रमेश बुढाथोकी (कमल) विजयी भएका छन् । त्यस्तै उपमेयरमा भने नेकपा एमालेकी हरिमाया घलान विजयी भएकी छिन् ।

मतगणनाका क्रममा अन्तिम समयसम्म कडा प्रतिष्पर्धा देखिएको हरिवनको मेयरमा बुढाथोकीले निवर्तमान मेयर एमालेका गणेशप्रसाद प्रसाईंलाई १५३ मतले पराजित गर्न सफल भए । ७००२ मतसहित बुढाथोकी विजयी हुँदा निवर्तमान मेयर प्रसाईंले ६८४९ मत पाएका छन् ।

माओवादीले एउटा वडा र सदस्यसमेत नजित्दा पनि माओवादीका बुढाथोकी मेयरमा विजयी भए । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका प्रसाईंसँगै पराजित भएका थिए । योसहित माओवादीले सर्लाहीका तीन पालिकामा प्रमुख हात पारेको छ ।

उपमेयरमा भने एमालेकी घलान ६८५५ मतसहित विजयी भइन् । निकटतम् प्रतिद्वन्द्वी माओवादीकै पद्मा मोक्तानले ५३२१ मत ल्याइन् ।

वडा नम्बर १, २, ४ र ९ को वडाध्यक्ष कांग्रेस, ३, ७, १० र ११ मा एमाले तथा ५ र ६ मा नेकपा एकीकृत समाजवादीले वडाध्यक्ष हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै