Comments Add Comment

पाल्हीनन्दनमा माओवादी केन्द्र विजयी

काठमाडौं, ६ जेठ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का बैजुप्रसाद गुप्ता दोस्रो पटक निर्वाचित भएका छन्। नेपाली काँग्रेसका राजेन्द्र साहनीलाई हराउँदै गुप्ता गाउँपालिका अध्यक्ष पदमा विजयी भएका हुन् ।

उनले साहनीलाई ८६ मतान्तरले पराजित गरेका हुन् । गुप्ताले चार हजार ३८१ तथा साहनीले चार हजार २९५ मत प्राप्त गरे । उपाध्यक्षमा काँग्रेसकी फातुमा खातुन अन्सारी विजयी भएकी छन् । माओवादी केन्द्रकी पावित्री कोंहारलाई ५१३ मतान्तरले हराउँदै उनी निर्वाचित भएकी हुन् । अन्सारीले तीन हजार ६९८ तथा कोंहारले तीन हजार १८५ मत प्राप्त गरिन् ।

कूल ६ वडा रहेको यस गाउँपालिकामा तीनमा माओवादी केन्द्र, दुईमा काँग्रेस र एउटामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै