Comments Add Comment

बेथानचोक गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

काठमाडौं, ६ जेठ । काभ्रेको बेथानचोक गाउँपालिकामा गठबन्धनको जित भएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भगवान अधिकारी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारा राणा तिमल्सिना निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार अधिकारीले उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवारलाई २८ सय ५९ मतले हराएका हुन् ।

गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भगवान अधिकारीले ६ हजार १९ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कमल प्रसाद तिमल्सिनाले ३१ सय ६० मत ल्याएका छन् ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मदेवार तारा राणा तिमल्सिनाले नकेपा एमालेका उम्मेदवार सरला लामिछाने केसीलाई ९ सय २५ मतले पराजित गरेकी हुन् ।

माओवादी केन्द्रकी उम्मेदवार तिमल्सिनाले ४४ सय ९८ मत पाएकी छिन् भने नेकपा एमालेकी उम्मेदवार केसीले ३५ सय ७३ मत पाएकी छिन् ।

२०७४ को चुनावमा कांग्रेसले ३२ सिटमा ३१ सिटमा विजयी हासिल गरेको पालिकमा गठबन्धनका कारण उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको थियो ।
६ वडा रहेको बेथानमा १,२,३,४,६ नेपाली कांग्रेसले वडा अध्यक्ष जितेको छ भने ५ नम्बर वडामा स्वतन्त्रले वडा अध्यक्ष जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै