Comments Add Comment

मतपेटिका लुटेर फरार भएका अभियुक्त पक्राउ

काठमाडौं, ६ जेठ । प्रहरीले रौतहट मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका वडा २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेका छन् । बैठालाई घरमै लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेका उनीमाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानूनी कारवाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनका दिन यमुनामाई गाउँपालिका- २ स्थित श्री मावि भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रबाट मतपेटिका लुटपाट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै