Comments Add Comment

प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं, २३ माघ । प्रमुख दलका तीन शीर्ष नेताबीच सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा एमाले अध्यक्षा प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको हो ।

तीन नेताहरुबीच सीमालगायत अन्य राष्ट्रिय महत्वको विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले बताएका छन । बैठकमा शीर्ष नेताहरू सहभागी भएपनि सत्ता साझेदारीका छलफल नहुने तिमिल्सेनाले दाबी गरेका छन ।

‘सीमाको व्यवस्थापनसहित अन्य राष्ट्रिय महत्वको विषयमा छलफल गर्न बैठक बोलाएको छ । अन्य सरोकारवाला निकायहरुसहित सबै पार्टीका शीर्ष नेताहरू सहभागी हुनुहुन्छ । राष्ट्रिय महत्वको विषय भएकाले सबैलाई बोलाएको हो’ तिमिल्सेनाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै