Comments Add Comment

मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ मा नेपालका ३ खेलाडीले राखे रेकर्ड

काठमाडौं, २४ माघ । डब्लुबीसी मोइ थाईको विश्व च्याम्पियनसिप खेलमा प्रतिस्पर्धा गर्न गएका तीन नेपाली खेलाडीले विश्व रेकर्ड राखेका छन्। मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ फाइटमा भाग लिन गएका नेपाली गेन्जी राई, दिग्विजय राठौर र लालबहादुर तामाङले समान रेकर्ड राखेका हुन्।

थाइल्याण्डमा आयोजना भएको च्याम्पियनसिपमा नेपालका राई (३१ केजी), तामाङ (५३ केजी), र राठोर (६३ केजी) को खेलमा प्रतिस्पर्धा गरेका थिए। उनीहरू तीनैजनाले द्वितीय स्थान हासिल गर्दै रजत पुरस्कार पाउन सफल भएको सचिव दीपक तामाङले बताए। थाइल्याण्डमा फेब्रुअरी २ देखि ६ तारिखसम्म भएको च्याम्पियनसिप प्रतियोगितामा ५० देश सहभागी थिए।

प्रतियोगितामा खेलाडीहरूको व्यवस्थापनका लागि टिम म्यानेजरका रूपमा संस्थाका अध्यक्ष एवं प्रशिक्षक राजु राई र प्रशिक्षक पुरण रोकाया खेलाडीहरूसँगै थाइल्याण्ड पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै