Comments Add Comment

नेप्से ३.६५ प्रतिशतले वृद्धि

काठमाडौं, २४ माघ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३.६५ प्रतिशतले वृद्धि भएको छ । मंगलबार बजार परिसूचक नेप्से ७६.६५ अंकले वृद्धि हुँदा २१७७.४७ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा लगानी उपसूचक सर्वाधिक ६.२५ प्रतिशत र वित्त कम्पनी उपसूचक ५.९४ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक र हाइड्रोपावर उपसूचक पनि ५ प्रतिशत भन्दा माथिले वृद्धि हुँदा बैंकिङ उपसूचक पनि २.३५ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा उच्च अंकले वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । सोमबार १ अर्ब ४७ करोडमा सीमीत भएको कारोबार रकम मंगलबार बढेर ३ अर्ब नाघेको छ । मंगलबार ९३ लाख ३३ हजार ७८८ कित्ता धितोपत्र खरिद बिक्री हुँदा ३ अर्ब ३६ करोड २२ लाख ६७ हजारको कारोबार भएको छ ।

जसमध्ये एनआईसी एशिया बैंकको सर्वाधिक १२ करोड ९२ लाखको कारोबार हुँदा ङ्यादी ग्रुप पावरको ११ करोड ३ लाख ७० हजार र अपी पावरको ९ करोड ४० लाखको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा २१६ कम्पनीको सेयर कारोबार हुँदा २१५ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै १ कम्पनीको सेयरमूल्य भने स्थिर छ । मंगलबार कारोबार भएकामध्ये ५ कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।बरुण हाइड्रोपावर, खानिखोला हाइड्रोपावर, राधि हाइड्रोपावर, आदर्श लघुवित्त र रिडी हाइड्रोपावरको सेयरमूल्य बढेर सर्किट लेबलमा बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै