Comments Add Comment

फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा

काठमाडौं, २४ माघ । कर्णाली प्रदेश सरकारले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा सार्वजनिक विदा दिने भएको छ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा प्रदेश र स्थानीय तहका कार्यालयका लागि मात्रै बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

२०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा माओवादी पार्टीहरुले जनयुद्ध दिवस मनाउने गर्दछन्। कर्णालीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री छन्।

बैठकले मन्त्रिपरिषद्को बैठक आगामी फागुनदेखि हरेक महिनाको दोस्रो र चौथो हप्ताको बुधबार दिउँसो ४ बजे बस्ने निर्णय पनि गरेको छ।

बैठकले एकीकृत बस्ती विकास कार्यक्रम संचालन नियमावली, २०७९ स्वीकृत गर्ने निर्णय गरेको भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै