Comments Add Comment

अखिल क्रान्तिकारीको कार्यसमिति विघटन गरी सम्मेलन आयोजक कमिटी गठन गर्न निर्देशन

काठमाडौं, २६ माघ । नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको वर्तमान कार्यसमिति विघटन गरिने भएको छ । माओवादी केन्द्रले विद्यार्थी मोर्चामा समस्या देखिएको भन्दै त्यसलाई हल गर्न पञ्चा सिंह नेतृत्वको कार्यसमितिलाई विघटन गर्ने भएको हो ।

सिंहकै नेतृत्वमा सम्मेलन आयोजक कमिटी गठन गर्न र स्ववियु चुनावपछि सङ्गठनको सम्मेलन गर्न पार्टीको स्थायी कमिटीले निर्देशन दिएको एक नेताले बताए । पवन कार्की समूहसहित ७ उपाध्यक्ष समूहलाई केन्द्रित गरेर स्वबियु चुनावमा लाग्न पार्टीले निर्देशन दिएको हो ।

स्ववियू चुनाव पछाडि राष्ट्रिय सम्मेलन गर्ने तथा त्यसअगाडि समानान्तर सङ्गठन र गतिविधि गर्न रोक लगाइएको स्थायी कमिटीको पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै