Comments Add Comment

ए डिभिजन लिगमा पाँच विदेशी अनुबन्ध गर्न पाइने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न शहीद स्मारक ए डिभिजन लिगमा क्लबहरुले अनुबन्ध गर्न पाउने विदेशी खेलाडीको संख्या बढाएको छ ।

यसअघि चारजना विदेशी राख्न पाउनेमा अब क्लबहरुले पाँचजना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् । तर, विदेशी खेलाडीको मापदण्ड परिवर्तन गरिएको छ ।

बुधबार एन्फाको लिग कमिटी र ए डिभिजन क्लबबीचको छलफलपछि क्लबले पाँच जनासम्म विदेशी अनुबन्ध गर्न पाउने र सुरुवाती ११ मा ४ जनामात्र खेलाउन पाउने व्यवस्था गर्न लागिएको हो ।

पाँच विदेशीमध्ये एक जना एसियाली र एक जना दक्षिण एसियाली खेलाडी हुनैपर्ने व्यवस्था छ । ए डिभिजन लिग फागुन १९ गतेदेखि सुरु हुँदैछ । लिगको पहिलो खेल ललितपुरे क्लबहरु फ्रेण्ड्स र खुमलटार एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

एन्फाले चैत ४ गतेसम्म सुरुवाती पाँच चरणको मात्र खेलतालिका सार्वजनिक गरेको छ । तीन दर्जन खेलाडी विदेश पलायन भएपछि क्लबहरु स्तरीय खेलाडी अभावमा समस्यामा परेका थिए । पाँच खेलाडी राख्न पाउने नियमबाट उनीहरुले राहत महशुस गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै