Comments Add Comment

देशमा शोषक र भ्रष्टाचारीको कमी छैन : झलनाथ खनाल

काठमाडौं, २८ माघ । पूर्व-प्रधानमन्त्री झलनाथ खनालले देशमा शोषक वर्ग र भ्रष्टाचारीहरूको कमी नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पूर्व-प्रधानमन्त्री खनालले नेपालमा दलाल पुँजीपति, शोषकहरू, कमिसन खोरहरू, भ्रष्टाचारी, मुनाफा खोरी र विदेशीहरुका दलालहरु रहेको बताएका छन।

उनले यस्ता व्यक्ति नेपालीहरुका शत्रु रहेको उल्लेख गर्दै यिनीहरुले गरेको क्रियाकलापले राष्ट्रलाई विनाश गर्ने बताएका छन। उनले जनतालाई भुलाउन र राष्ट्रलाई लुट्ने काम भइरहेको भन्दै उनीहरुको लुटपाटको विरोध र भण्डाफोर गर्ने काममा लाग्नुपर्ने बताएका छन।

उनले भने, ‘अहिले हामीसँग दलाल पुँजीपतिहरु छन्, शोषकहरु छन्, कमिसन खोरहरु छन्, भ्रष्टाचारीहरु छन्, मुनाफा खोरीहरु छन्। विदेशीहरुका दलालहरु छन्। यी हाम्रा शत्रु हुन्। यिनीहरुले जे क्रियाकलाप गरिरहेका छन्, यो राष्ट्रलाई विनाश गर्ने, जनतालाई भुलाउने, राष्ट्रलाई लुट्ने काम गरिरहेका छन्। यो उनीहरुको लुटपाटको बिरोध र भण्डाफोर गर्ने काममा हामी सांस्कृतिककर्मीहरु सबैभन्दा अग्रपंक्तिमा उभिनुपर्छ। हाम्रा सहयोगी मित्रहरु पनि छन्। यी साथीहरुसँग आलोचना र समर्थनको दृष्टिकोणले हेर्नुपर्छ। नराम्रालाई मैत्रीपूर्ण आलोचना र राम्रालाई समर्थन गर्नुपर्छ। हामीले समाजवादी संस्कृतिको निर्माण गर्ने सिलसिलामा नयाँ कविता रच्नुपर्छ। नयाँ कथाहरु बनाउनुपर्छ। नयाँ उपन्यास, महाकाव्य लेख्नुपर्छ र सांस्कृतिक आन्दोलन अघि बढाउनुपर्छ।’

पूर्व-प्रधानमन्त्री खनालले समाजवादी सांस्कृतिक आन्दोलनलाई अघि बढाएर मात्रै समाजमा भएका विकृति र विसंगतिलाई हटाउन सकिने बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै