Comments Add Comment

मैनाली आईबिए टु स्टार रेफ्री/जज परिक्षामा उतिर्ण

काठमाडौं । थाइल्याण्डको राजधानी बैंकक शहरको ह्वामार्क इन्डोर स्टेडियममा एएसबिसीको आयोजनामा जनवरी १७ देखि २७ तारिख सम्म सन्चालन भई सम्पन्न भएको एएसबिसी यू-२२ बक्सिङ च्याम्पियनसिप २०२३ मा आईबिए ले सन्चालन गरेको आईबिए टु स्टार रेफ्री/जज परिक्षामा नेपालका वान स्टार रेफ्री/जज धनकुमार मैनाली उतिर्ण भएका छन् ।

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका बोर्ड सदस्य समेत रहेका मैनाली आईबिए टु स्टार रेफ्री/जज परिक्षामा उतिर्ण भएसंगै नेपालको पहिलो टु-स्टार रेफ्री-जज बन्न सफल भएकाछन् । आईबिएले संचालन गरेको उक्त परिक्षामा नेपाल सहित विभिन्न देशहरुबाट १६ जना परिक्षार्थीहरु सहभागी रहेका थिए । आईबिएको नियम अनुसार आईबिए टु स्टार सर्टिफिकेशन कोर्षको परिक्षामा उतिर्ण हुन लिखित तथा प्रयोगात्मक परिक्षामा कुल ८०% प्रतिशत अंक प्राप्त गर्नुपर्नेहुन्छ ।

एशियाली मुलुकहरु कम्बोडिया, चीन, इन्डोनेसिया, इराक, कजाकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, मलेसिया, मंगोलिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, साउदी अरब, सिंगापुर, श्रीलंका, ताजिकिस्तान, आयोजक थाइल्याण्ड, उज्वेकिस्तान र भियतनाम गरी २० देशको सहभागिता रहेको उक्त प्रतियोगितामा सहभागी परिक्षार्थी वान स्टार रेफ्री/जजहरुले गरको निर्णयहरुलाई प्रयोगात्मक परिक्षाको रुपमा लिईएको नेपाल बक्सिङ संघले जनाएको छ । मैनालीले आईबिए वान स्टार रेफ्रीर जज सन् २०१९ मा उतिर्ण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै