Comments Add Comment

रास्वपा खारेजीको माग गर्दै तेस्रोपटक आयोगमा निवेदन

काठमाडौं, २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। आइतबार युवराज सफल पौडेलले निर्वाचन आयोगमा रवि लामिछाने नेतृत्वको रास्वपा खारेजीको माग गर्दै तेस्रोपटक निवेदन दिएका हुन्।

उनले सभापति लामिछानेलाई सर्वोच्च अदालतले अनागरिक एवं नेपाली नागरिक हुन अयोग्य ठहर गरेकाले दल दर्ता खारेज हुनुपर्ने माग गरेका हुन्।

‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९५० को उपदफा (च) को व्यवस्था हेर्दा पार्टी दर्ता कायम हुन न्यूनतम २१ जनाको केन्द्रीय समिति चाहिन्छ तर निवेदनको बुँदा नं. ९२० को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने पुष्टि भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सीमित भएको छ। यो अवस्थामा पार्टी दर्ता हुन अयोग्य भएको अवस्था हो,’ निवेदनमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै