Comments Add Comment

नामिबियाले नेपाललाई दियो २८६ रनको लक्ष्य

काठमाडौं, २ फागुन । माइकल भान लिंगेनको शतकीय पारीमा नामिबियाले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु टोली नेपाललाई २८६ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन बनायो । नामिबियका लागि भान लिंगेनले शतकीय पारी खेले । १३७ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १३३ रन बनाए ।

गेहार्ड इरमुसले अर्धशतकीय पारी खेले । ७९ बल खेल्दै २ चौका र ३ छक्काको सहयोगमा ५६ रन बनाए । त्यस्तै जेन ग्रिनले ३४ रन बनाउँदा जान फ्रिलिङ्कले १५ रन जोडे ।

नेपालका लागि करण केसीले पाँच विकेट लिए । एकदिवसीय क्रिकेटमा करण एकै खेलमा पाँच विकेट लिएको तेस्रो पटक हो । त्यस्तै सन्दीप लामिछानेले तीन विकेट लिँदा कुशल मल्ल र सोमपाल कामीले एक एक विकेट लिए ।

आजको खेलमा नेपालले जित निकाल्दै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । नामिबियाविरुद्ध नेपालले हालसम्म एकदिवसीय क्रिकेटमा जित निकाल्न सकेको छैन । दुई टोलीबीच चार खेल हुँदा एक खेल वर्षाका कारण रद्द भएको थियो भने तीन खेलमा नामिबियाले जित निकालेको थियो । यता नामिबिया पनि घरेलु टोलीलाई हराउँदै सुखद सुरुवात गर्ने योजनामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै