Comments Add Comment

तोडफोड भएपछि ल्होत्से मलस्थित आईएनआई सिनेमा हल बन्द

काठमाडौं । यातायात मजदुरको आन्दोलनमा क्रममा हलको भौतिक संरचनामा क्षति पुगेपछि मुलुकको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले गोंगबुस्थित ल्होत्से मल्टिप्लेक्स फिल्म हल आज (मंगलबार) बन्द गर्ने भएको छ ।

हल सञ्चालक सुरेन्द्र थापाले तोडफोडबाट पुगेको क्षतिबारे मुचुल्का र बीमाबारेका केही कागजात तयार पार्नका लागि मंगलबारलाई हल बन्द रहने जानकारी दिएका छन । हलले मंगलबारका शोहरु सार्वजनिक गरेको छैन ।

उनका अनुसार हलको काउन्टरमा प्रवेश गरी उत्तेजक भीडले सिसा, माइक, लेड टेलिभिजनदेखि अन्य संरचनामा क्षति पुर्‍याएका थिए । १५ लाखभन्दा बढीको क्षति पुगेको जानकारी थापाले दिएका छन ।

सामाजिक सञ्जालमा सेयर भइरहेका भिडियोमा ल्होत्से मलको मोबाइल पसल लुटिएकोदेखि हलको संरचनामा क्षति पुगेका दृश्य देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै