Comments Add Comment

५० हजार घुससहित वडाध्यक्ष र सचिव पक्राउ

काठमाडौं, ९ चैत । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–११ का वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई गएराति ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो।

उनीहरूलाई बुधबार जनकपुरधाम–६ को रामजानकी अस्पताल नजिकैबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बताए।

उनीहरूले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै