Comments Add Comment

दुई भारतीयसहित १६ जना पक्राउ

काठमाडौं, ९ चैत । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१ लौहकिन्थलीस्थित मझेरी क्याफेबाट १६ जना जुवातास खेलेको आरोपमा पक्राउ परेका छन् ।
उनीहरूको साथबाट १६ बुक तास र ३ लाख बढी नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

पक्राउ परेकाहरूमध्ये १३ जना ४० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । सिन्धुपाल्चोकको चौतारा सागाचोक गढीका-३९ वर्षीय दिलीप गिरीले सञ्चालन गरेको क्याफेबाट पक्राउ परेका उनीहरूमध्ये दुई जना भने भारतीय नागरिक रहेको समेत खुल्न आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै